Websoft University

इन्धनको मूल्य वृद्धि गरेको भन्दै नेविसंघले गर्यो प्रदर्शन


काठमाण्डौ असार २९  गते । रातो तारा डट कम,सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको बबरमहलमा हिजो सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले सङ्कटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गर्दै सडकमा आएको बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १÷१ रुपैयाँको दरले बढाएको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ कायम भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.