Websoft University

प्रेस बिज्ञप्ति--उद्योगी व्यवसायीहरुको समस्याहरु सम्बोधनकालागि संयुक्त ज्ञापन पत्र प्रस्तुत


बिराटनगर असार २२ गते । रातो तारा डट कम, मोरंग व्यापार संघ तथा सहयात्री संस्था उद्योग संगठन मोरङ र विराट व्यापार संघको समन्वयमा प्रदेश नं १ उद्योग वाणिज्य महासंघ लगायत जिल्लारनगर उद्योग वाणिज्य संघहरु, मोरंग व्यापार संघका शाखा उद्योग वाणिज्य संघहरु तथा वस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीज्यूहरु सहितको सहभागितामा संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायहरु लगायत नेपाल राष्ट्र बैंक, नेपाल विद्यूत प्राधिकरण र राष्ट्रिय वीमा समिति समक्ष उद्योग व्यवसायका समसामयिक बिषयहरुको सम्बोधनका लागि संयुक्त ज्ञापन पत्र बुझाइएको छ ।

मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरेज्यू, विराट व्यापार संघका अध्यक्ष श्री सुजन थापाज्यू लगायत जिल्ला र प्रदेश भरीका विभिन्न उद्योग वाणिज्य संघ एवं वस्तुगत संघका अध्यक्षज्यूहरु एवं प्रतिनिधिज्यूहरुको टोलीले प्रदेश भरीका करिब ३६ वटा उ।वा।संघहरु तथा वस्तुगत संघहरुद्वारा हस्ताक्षरित उक्त संयुक्त ज्ञापन पत्र सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू, माननीय उर्जा मन्त्रीज्यू र माननीय अर्थ मन्त्रीज्यूहरुकालागि जिल्ला प्रशासन कार्यालय, मोरङलाई बुझाएको छ ।

त्यसैगरी, प्रदेश नं। १का आन्तरिक मामिला तथा कानून मन्त्रीज्यू मार्फत माननीय मूख्यमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकको विराटनगर स्थित प्रादेशिक कार्यालय मार्फत नेपाल राष्ट्र बैंकका गर्भनरज्यू, नेपाल विद्यूत प्राधिकरण, प्रदेश नं १ को कार्यालय, विराटनगर मार्फत प्राधिकरणका कार्यकारी निर्देशकज्यू र राष्ट्रिय वीमा समितिलाई संयुक्त ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापन पत्रमार्फत लकडाउनका कारण धारासायी भएका उद्योग व्यवसायको पुनरउत्थानकालागि बैंक व्याज घटाउनु पर्ने तथा बैंकको किस्ता बुझाउने अवधि थप गर्नुपर्ने, पुर्नकर्जाको सुविधा साना, मझौला र ठूला सबै उद्योगहरुले सहज र सरल रुपमा पाउने व्यवस्था गरिनु पर्ने, लकडाउन अवधिको वीमा प्रिमियम शुल्कमा छुट दिइनु पर्ने, विद्यूत डिमान्ड शुल्कमा छुट सम्बन्धी नेपाल सरकारको निर्णय कार्यान्वयन गरिनु पर्ने, आय कर तथा राजस्व बुझाउने बारे सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गरिनु पर्ने तथा अन्य विभिन्न समसामयिक बिषयहरुमा माग राखिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.