जलजले (उदयपुर) २२ असार । रातो तारा डट कम,मुलुकै सबैभन्दा ठुलो औधोगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उधोग आर्थिक रुपमा जर्जर हुन पुगेको छ । उत्पादन को अनुपातमा सिमेन्ट विक्रि हुन छाडेपछी अहिले उधोगमा चरम आर्थिक अभाब हुन थालेको छ ।
लकडाउन खुकुलो भएपछी चल्न थालेको उधोगले गैडा छाप सिमेन्ट पर्याप्त उत्पादन गरीरहेको भएपनी सिमेन्ट बिक्रिको अबस्था हेर्दा अहिले सम्म कै न्युन रहेको पाईएको छ । उधोगले अहिले दैनिक १७ देखी २० गाडी भन्दा वढि सिमेन्ट विक्रि गर्न सकेको छैन । उधोगले लकडाउनकै बेला सिमेन्ट बढि विक्रि हुने( पिक सिजनमा ) मुल्य वढाए पछि सिमेन्ट को विक्रि घटेको स्थानीय डिलरहरु वताउछन ।
वजारमा अरु वा्रण्डका सिमेन्टहरुको गैडा को मुल्य बढे पछि विक्रि हवात्तै वढेको न्यु पंजीयार सप्लायर्सका पो्रपाइटर सिताराम पंजीयार ले वताए । सिमेन्ट बिक्रि हुने सिजनमा उधोग ब्यवस्थापन ले मुल्य बढाएको ले उदयपुर सिमेन्ट को माग घटेको स्थानीय बिके्रताहरु बताउछन।
(अहिले खासै रुपमा गैडा छाप सिमेन्ट को माग देखिदैन । अर्का एक डिलर ले नाम उल्लेख नगरीदिने सर्तमा भने । चाहिएको बेला गैडा छाप सिमेन्ट पर्याप्त पाइदैन। त्यसैले उपभोक्ताहरु अन्य बा्रन्ड का सिमेन्ट तिर आकर्षित हुन थालेका छन। उनले भने ।
उत्पादन पर्याप्त भएपनी गैडा छाप सिमेन्ट को बिक्रिमा कमि आउन थालेपछि उधोग मा आर्थिक संकट आएको छ । उधोगको खातामा पैसा निल भएकोले उधोग लाई ४० करोड भन्दा माथी भुक्तानी दायित्व छ । कर्मचारीको संचयकोष, लगानी कोष , बिभिन्न सामान सप्लायर्स गर्ने पार्टि , लाई भुक्तानीगर्नु पर्ने र विधुत महसुल, पैसाको अभाब ले गर्दा उधोग ले वुझाउन सकेको छैन । उधोगले चार महिना देखी विधुत महसुल वुझएको छैन ।
झण्डै ९ करोड रुपैया बिुधुत बापत वुझाउनु पर्नेमा तिर्न रकम नभएकोले जरीवाना समेत लागेको छ । निर्धारीत समयमा बिधुत महसुल वुझाउदा छुट बापत मासीक ४, ५ लाख रुपैया उधोग लाई फाईदा हुन्थ्यो ।उधोगका एक कर्मचरीले भने । तर अहिले उधोग ले निर्धारीत समयमा विधुत महसुल वुझाउन नसक्दा छुट बापत को उक्त रकम गुमाउदा नोक्सान भएको ति कर्मचारी ले भने । झन्डै ३० लाख रुपैया गुमेको छ ।
निर्धारीत समयमा तिरेको भए उधोग ले उक्त रकम गुमाउन पर्दैन थियो। ति कर्मचारीले भने । उधोग को अबस्था अहिले निकै नाजुक रहेको उनले वताए । उधोगको आर्थिक अबस्था जर्जर भैरहेको अबस्थामा उधोगका निमित्त महाप्रबन्धक नोवल किशोर साह ले पत्रपत्रीका, बिज्ञापन र चंदा आर्थिक सहायतामा ठुलो धनराशि खर्च गर्दै आइरहेकाछन ।
उधोग लेखा शाषा ले दिएको जानकारी अनुसार उक्त शिर्षक मा वार्षिक झण्डै ५० लाख रुपैया खर्च हुने गरेको छ । महाप्रबन्धक साह विगत दुई वर्ष देखी निमित्त भएर काम गर्दै आएकाछन । निमित्त भएको वेला को फाइदा उठाउदै उनले ठुलो धनराशी जोडेको उनकै समकक्षीहरु वताउछन ।

Post a Comment