Websoft University

हराईरहेका बालक सिमसार क्षेत्रमा मृत फेला

फायल फोटो,
झापा, श्रावण ८ गते । रातो तारा डट कम,झापाको भद्रपुर नगरपालिका-२ का ३ जना बालक भद्रपुरकै नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो-२  बजेको समयमा घरबाट खेल्न निस्किएका अनिल तामाङको १० बर्षीय छोरा अंकुश तामाङ, कमला थामीका छोराहरु १४ बर्षीय करण थामी र १२ बर्षीय अर्जुन थामी नयाँ सिमसार क्षेत्रमा मृत फेला परेका हुन् । खेल्न भनी गएका तिनै जना बालक बेलुका सम्म फर्केर नआएकोले खोजतलास गर्ने क्रममा अंकुश तामाङ राती ८ बजे सोही सिमसार क्षेत्रमा मृत फेला परेका थिए  भने अन्य २ जना बालक फेला नपरेपछी आफन्तले प्रहरीमा खबर गरे संगै  घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले फेला परेका मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी भद्रपुर अस्पताल पठाईको र अन्यको खोजी शुरु गरेको थियो । हराई रहेका अन्य २ जना बालकलाई १ नम्बर प्रदेश विपत व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको गोताखोर सहितको टोलीले आज बिहान ९ बजे सोही सिमसार क्षेत्रको पानी मुनी मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.