Websoft University

दिल्लीका अदालतको काम कारबाही आउँदो ३१ जुलाई सम्मको लागि बन्द



काठमाण्डौ भाद्र १ गते । रातो तारा डट कम, भारतमा कोरोना महामारी तीब्र गतिले फैलंदै गएपछि नयाँ दिल्लीको उच्च र अन्य अदालतको कामकारबाही आगामी ३१ जुलाई सम्मको लागि बन्द गरिएको छ । जस अनुसार आगामी ३१ जुलाई सम्मका लागि भारतको अदालती काम कारबाही प्रभावित हुने भएको छ । भारतको नयाँ दिल्लीको उच्च अदालतको प्रधानन्यायाधिशको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।  यसबीचमा गहन मुद्दाको सवालमा भिडियो कन्फरेन्स मार्फत सुनुवाई हुनेछ भने अन्य मुद्दाको हकमा भने कुनै सुनवाई हुने छैन । कैदी बन्दीलाई सुनवाईको क्रममा अदालत ल्याईदा कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै यस्तो निर्णय गरिएको भारतको उच्च अदालतले जनाएको छ ।  भारतमा कोरोनाका कारण हालसम्म २४ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ९ लाख ३७ हजार भन्दा धेरै पुगेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.