Websoft University

उप मेयरले राजिनामा दिने घोषणा

गाइघाट ८ साउन । रातो तारा डट कम,करारमा कार्यरत एक कर्मचारी हटाउने बिषयमा विाद भएपछि उदयपुरको वेलका नगरपालिकाकी उप मेयर राज कुमारी चौधरीले पद बाट राजीनामा दिने घोषणा गरेकीछीन। उनले नगरपालिकाले खरीद गर्ने हरेक सामानमा कर्मचारी संतोष पौडेलले अनियमीतता गर्ने गरेको र उनलाई हटाउन कार्यपालिकाको बैठकमा पटक ,पटक कुरा उठाउदा सुनुवाई नभए पछी लिखीत रुपमा राजीनामा दिने बताईन । (मैले  राजीनामा दिने घोषणा गरीसकेको छु।) साथीहरु संग छलफल र संलाहा हुदैछ। उनले भनीन । (आज भोलीनै पद बाट राजीनामा गर्छु।) नगरपालीकाले खरीद गरेको सामागी्रहरु को खरीद प्रक्रिया देखी नै अनियमितता हुने गरेको र त्यस विषयमा मेयर दुर्गा थापा लाई अबगत गराउदा कुनै चासो नदेखाएकोले आफु पद मा बसिरहन नैतिकताले  नदिएकोे उनले संचारकर्मीहरु लाई बताईन । (एउटा भ्रष्टाचारी कर्मचारी लाई कार्यवाही गरौ भन्दा मेयर मान्दैमान्दैन )उनले भनीन । मेयर आफै ति कर्मचारी लाई बचाउन लागेकाछन । उनीहरु बिच पनि सम्बन्ध हुन सक्छ उनले भनीन । “एउटा पंखा देखी एक्साभेटर     खरीद गर्दा सम्म लाखौ रुपैया अनियमितता भएको छ । ” उनले भनीन । मैले एक, दुई बर्ष देखी नै हरेक बैठकमा यो बिषयमा कुरा उठाउदै आएको छु । तर मेरो कुरा सुनुवाई भएको छैन । उनले भनीन । उनले त्रियुगा नगरपालीकाले समेत हाजिर नगराएको सहायक कम्प्युटर अपरेटर पौडेल लाई मेयर थापा ले नियुक्ती गरेको बताईन । (मलाई पहिले  देखी नै ति कर्मचारीको काम गर्ने शैली मन परेको थिएन । कार्यालय ले प्रकाशित गरेको धेरै टेण्डर, सुचना उनले वदमासी गरेर लुकाउने गरेका थिए) । उनले भनीन । नगरपालीका सा्रेतका अनुसार मेयर थापा ले प्रमुख प्रशासकिय अधिकृत लाई समेत बाइपास गर्दै पौडेल लाई हरेक जिम्मेवारी दीने गरेका थिए । योजना छनौट कार्यन्वयन प्रशासकिय र आर्थिक काममा उनकै प्रमुख जिम्मेवारी हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारी ले भने । उप मेयर चौधरीले बुधबार फेसबुक स्टाटस लेख्दै आफुले उपमेयर पद फिर्ता गर्ने उल्लेख गरेकी थिइन । (उपमेयर पद पार्टिलाई हस्तान्तरण गर्न चाहान्छु । जनता संग माफि माग्नु चाहान्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्वयन हुदैन । धिक्कार छ  दुई तिहाई सरकार ) उनले फेसबुकमा  लेखेपछी खैलाबैला मच्चीएको छ । मेयर थापाले भने उपमेयरले  उठाएको कुरामा कुनै सत्यता नभएको बताए । (हामिले नियम संगत नै सधै प्रकृया मिलाएर काम गरीरहेका छौ। ) उनले भने । उपमेयर ले राजीनामा गर्ने बिषयमा आफु लाई कुनै जानकारी नभएको उनले बताए । उपमेयर चौधरी २०७४ सालको स्थानीय तहको निर्बाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्बाचित भएकीहुन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.