Websoft University

पार्टी एकता जोगाउन नेकपाको दोस्रो पुस्ताका नेताको सक्रियता बढ्दै,अव पाटी नफुट्ने


काठमाण्डौ असार २०  गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको अन्तरविरोध जटिल बन्दै गएपछि सहमतिका लागि दोस्रो पुस्ताका नेताले पनि बेग्लै भेला र छलफल थालेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका नेताहरु बिहान एकै ठाउँमा भेला भएर शीर्ष नेतालाई विवाद चर्किने खालका गतिविधि नगर्न खबरदारी गर्ने निर्णय गरेका हुनाले अव पाटी नफुट्ने । 

आज बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेता विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली समेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । 

त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए । पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्ष नेतालाई आग्रह गर्ने निर्णय भएको भेलामा सहभागी नेताले जानकारी दिएका छन् । 

भेलामा एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेतासँग आग्रह गर्ने सहमति भएको छ । दोस्रो पुस्ताका नेताको भेलाले एकताको आधार खोज्ने सहमति पनि गरेको छ । यसका लागि थप छलफल गर्दै जाने नेतावीच सहमति पनि भएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.