Websoft University

सात वर्षिय वालक लाई कुटपिट गरेको आरोपमा एक कानुन व्यावसायि पक्राउ

गाईघाट २३ असार । रातो तारा डट कम,सात वर्षिय वालक लाई कुटपिट गरेको आरोपमा एक कानुन व्यावसायि पका्रउ परेकाछन । त्रियुगा नगरपालीका १२ स्थीत विक्रम मार्गमा वस्ने ७ वर्षिय आयन लिम्वु लाई कुटपिट गरी गम्भीर घाईते तुल्याएको भन्दै प्रहरीले सोमबार राती जिल्लाकै चर्चित कानुन व्यावसायि इन्द्र तामाङ लाई पका्रउ गरेको हो । 

घर अगाडी थुपारेको बालुवा छरेको निहुमा वालक को टाउको मा गहिरो चोट लाग्ने गरी तामाङले कुटेको पिडितका आमा संझना लिम्वु ले बताईन । तर आरोपीत कानुन व्याबसायि तामाङले भने  आफुले टाउको मा चोट लाग्ने गरी बालकलाइ कुटपिट नगरेको वताए ।( मैले तर्साउनको लागी मात्र गाली गरेको थिए । वच्चा भाग्दा लडेर टाउकोमा चोट लागेको हा)े । प्रहरी हिरासतमा रहेका उनले भने । 

घाईते बालकको गाइघाटमा उपचार हुन नसकेपछी विराटनगरको न्युरो अस्पतालमा लगेर उपचार भैरहेको प्रहरीले जनाएको छ । बालकको टाउकोमा हडी दविएको र गहीरो चोट लागेको अस्पताल ले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम दाहालले वकील लाई घटना लगतै राती नै नियन्त्रणमा लिएको बताए । 

तामाङले बालबालिका सम्वन्धित ऐन २०७५ को दफा ६६ को उपदफा (घ )(ङ) विरुद्ध कसुर गरेको देखिन्छ उनले भने । तामाङ लाई अनुसन्धान गरी दोषि पाईएमा आबश्यक अनुरुप थप काम कार्यवाहि अगाडी बढाइने उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.