Websoft University

बेलका नगरपालिकामा भ्रष्टाचारको आरोप लागेका कर्मचारी संतोष पौडेल सेवा बाट हटाइए- उप मेयर अब राजिनामा नदिने


गाईघाट ११ साउन । रातो तारा डट कम,भ्रष्टचार आरोप लागेका कर्मचारी लाई सेवा वाट हटाउने निर्णय भए संगै उदयपुरको वेलका नगरपालिका भित्रको विवाद टुङगीएको छ । भ्रष्टचारी कर्मचारी लाई हटाउन को साटो मेयर दुर्गा थापा ले बचाब गर्दै आएको भन्दै उप मेयर राजकुमारी चौधरी सार्वजानीक रुपमै पद बाट राजीनामा दिने अभियुक्ती दिदै आए पछि वेलका नगरपालिका भित्र विवाद वढेको थियो । 

उप मेयर चौधरीको अभिव्यक्ती पछि नेकपा वेलका सचिबालय ले गठन गरेको छानविन समितिले  भ्रष्टाचारको आरोप लागेका सहायक कम्प्युटर अपरेटर संतोष पौडेल को करार म्याद थप नगर्न र उनलाई सेवा बाट हटाउने निर्णय गरे पछि उप मेयर चौधरीले आफुले राजिनामा गर्ने निर्णय फिर्ता लिएकीहुन । छानविन समिति को निर्णयमा वेलका नगरका प्रमुख थापाले सहमती जनाउदै उनको करारको म्याद थप नगर्ने प्रतिवद्धता जनाएको उप मेयर चौधरीले बताईन । 

“पौडेल ले मेयर लाई समेत फसाएको रहेछ । उहाले रामो्र निणर्य गर्नु भयो” । उनले भनीन । “मेयर थापाले यस अघि ति कर्मचारी लाई बचाउदै आउनु भएको  थियो । तर अहिले वहाले कुरा वुझनु भयो ”। उनले भनीन । कर्मचारी पौडेल ले नगरपालीकाको प्रशासनिक भवन निर्माण को सुचना लुकाएर ठेकेदार संग मिलीमतो गरी आर्थिक लाभ लिएको खुलासा भएपछि छानविन समितिको  निर्देशनमा नगरपालीकाले ठेक्का रद्ध गरेको छ । 

पंचमी निर्माण मा सेवाले उक्त भवन निर्माणमा पौडेल लाई आर्थिक प्रलोभनमा पारेर ठेक्का को सुचना लुकाएर काम लिएको खुलेको उप मेयर चौधरीले भनीन । 

                          अब जनताले दिएको मतको कदर भएयो उप  मेयर चौधरी
 मैले पटक, पटक भ्रष्टाचारी कर्मचारी लाई सेवा वाट हटाउन गरेको आग्रहको सुनुवाई नभएपछि पद बाट राजीनामा दिने घोषण गरेर जनमतको कदर गर्न खोजेको थिए । वल्ल अहिले आएर मेरो माग पुरा भएपछि जनमतको कदर भएको ठानेको छु ।मैले यो विचमा निकै तनाब झेल्नु पर्यो तर अन्तमा सत्यको विजय भएरै छाडयो । नगरपालीका को हरेक खटनपटनमा ति कर्मचारीको प्रत्यक्ष संलग्न हुन्थ्यो ।

 कति सम्म भने योजना वाडफाड, आर्थिक प्रशासन र भौतिक सामागी्र खरीदमा उनकै हालीमुहाली हुन्थ्यो । एउटा करार कर्मचारीको यति धेरै चुरीफुरी हुदा सवै जनप्रतिनिधि हरु निरीह  बन्नु परेको थियो । कति पटक उनको बारे गुनासो लिएर मेयर काहा जनप्रतिनिधि हरु पुग्थे तर कुनै सुनुवाई हुदैनथ्यो मेयर थापा र कर्मचारी पौडेल बिच नाताले ज्वाई जेठान हुन । त्यसैले उनलाई कार्यवाहि गर्न मेयर हच्कीएको चौधरी ले बताईन । 

आफु निर्वाचीत हुने वितिकै नगरपालकिामा कुनै आर्थिक अनियमीता हुन नदिने प्रतिवद्धता गरे अनुरुप काम गरीरहेको र जस्को फलस्वरुप ठुलो सर्घष गरेर भ्रष्टचारी कर्मचारी लाई सेवा बाट हटाउन सकेकोे उनलेबताईन ।
(पत्रकार श्याम राई संगको कुराकानीमा आधारीत )   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.