Websoft University

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने पक्राउ


मोरङ, श्रावण २ गते । रातो तारा डट कम,मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साँढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केरावारी गाउँपालिका-१० का ३२ बर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठकुरीको साथबाट १ थान चक्कु र १ थान खुकुरी समेत बरामद भएको छ ।  कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.