Websoft University

आजबाट सार्वजनिक बस चल्ने


काठमाण्डौ साउन ८ गते । रातो तारा डट कम,काभ््रे,चैत ११ गतेदेखी बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका सार्वजनिक बस चल्न थालेका छन् । बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पाँचखाल लगायत क्षेत्रमा फाट्टफुट्ट बस सञ्चालन हुन थालेका हुन् । 

ग्रामीण भेगमा भने अझै सार्वजनिक बस सञ्चालन हुन सकेकाछैनन् । यातायात प्रालीमा दर्ता भएका बस बाहेक अन्य बस सञ्चालनमा आएका छन् । काभ्रे पुण्यवती प्रालिका अध्यक्ष राजेशसुन्दर सैजूले साउन ८ गतेबाट बस सञ्चालनमा ल्याउने गरी छलफल भइरहेको बताउनुभयोे । केही फाटफुट बस मर्मतका लागि सञ्चालनमा आएका छन् । 

पूरै सञ्चालन भने साउन ८ गते आजबाट मात्र हुने उहाँले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लामा काभ्रे पुण्यवती, काभ्रे बस, हेलम्बु, हिमाल तराई, अरनीको, मयुर, साझा लगायतका यातायात सञ्चालनमा रहेका छन् । सार्वजनिक यातायात सञ्चालन नहुँदा स्थानीयले निजी गाडीमा महङ्गो भाडामा यात्रा गर्न बाध्य थिए । ग्रामीण भेगमा भने खाद्यान्न, दूध, तरकारी बोक्ने ट्रकमा स्थानीयले असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.