Websoft University

प्रदेश १ मा सार्वजनिक यातायात सञ्चालन


बिराटनगर साउन ५ गते । रातो तारा डट कम,कोरोनाका कारण भएको लकडाउनमा बन्द रहेका सार्वजनिक यातायातका साधन सोमबारबाट प्रदेश नम्बर १ मा सञ्चालनमा आएका छन् । सरकारले असार २५ मा गरेको निर्णायलाइ कार्यान्वयन गर्दै  सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा आएका हुन ।

सञ्चालनमा आएका यातायातहरु जिल्ला भित्र मात्र सञ्चालनमा आएका छन् एक जिल्ला बाट आर्को जिल्लामा सञ्चालन गर्न नपाउने मापढण्ड अनुसार सञ्चालनमा आएका छन् । सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रु बोक्न पाउने, प्रत्येक सबारीसाधनमा ‘सेनिटाइजर’ र यात्रुले माश्क लगाउनुपर्ने तथा चालकले पञ्जा र माश्क लगाउनुपर्ने मापदण्ड तोकेको छ । त्यसैगरी, एक पंक्तिमा एक यात्रु मात्रै बस्न पाउने मापदण्ड निर्धारण गरिएको छ ।


सरकारले प्रष्ट रूपमा माग सम्बोधन नगरे पनि मौद्रिक नितीले केही हद सम्म व्यवसायीहरुलाई राहत मिलेकाले सञ्चालन गरेको भएको महासंघ प्रदेस नम्बर १ का महासचिव रमेश खत्रीले बताए । सरकारले तोकेको सुरक्षा मापदण्डलाइ पालना गर्दै जिल्ला भित्र यातायात सञ्चालन गर्दै यात्रु तथा मजदुरहरुको स्वास्थलाइ प्रथामिक्तामा राखेर सुरक्षित तरीकाले यातायात सञ्चालन हुने बताए ।सरकारले असार २५ गतेबाट नै जिल्ला भित्र यातायात सञ्चालनको अनुमति दिए पनि विभिन्न माग राख्दै व्यवसायीले यातायात सञ्चालन गरेको खत्रिले जानकारी दिए ।

सरकारले सुरक्षा ब्यबस्थालाई जुन तरीकाले नियम लगाएको छ जसमा सवारी चालकले अनिबार्य रुपमा माक्स , पन्जा लगाउने सार्थ सवारी साधन भित्र ‘सेनिटाइजर’ को ब्यबस्था गर्नुपर्ने जस्ता मापढण्ड अनुसार यातायात सञ्चालन गरेको सार्वजनिक यातायात प्रदेस नम्बर १ का उपाध्यक्ष टंक प्रसाद आचार्यले जानकारी दिए ।

सरकारले प्रष्ट रूपमा माग सम्बोधन नगरे पनि मौद्रिक नितीले केही हद सम्म व्यवसायीहरुलाई राहत मिलेकाले सञ्चालन गरेको यातायात महासंघले जनाएको छ । सञ्चालन भएका यातायात जिल्ला बाहिर जान नपाउने भन्दा पनि प्रदेश वा आफुहरुले पाएको रुटमा सञ्चालन गर्न दिनु पर्ने उनीहरूको माग रहेको छ ।

यसै बिच कोरोना संक्रमितहरू समेत भेटिरहेको र समुदायमा फैलिएको आशङ्का भइरहेको समयमा सार्वजनिक यातायात सञ्चालन गर्दा संक्रमण फैलिने अर्काे डर व्यवसायी र सरकार दुवैलाइ रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.