Websoft University

डाक्टरलाई कोरोना देखिए पछि-विराट नर्सिङ्ग होम शिल गरियो मानिस भागाभाग,

विराटनगर साउन ८ गते । रातो तारा डट कम,विराटनगरस्थित विराट नर्सिङ्ग होममा कार्यरत एक जना चिकित्सकलाईकोरोना संक्रमण देखिएपछि बिहीबार अनिश्चितकालको लागि अस्पतला बन्द गरिएको छ ।

अर्को निर्णाय नभएसम्मको लागि विराट नर्सिङ्ग होम शिल गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

बिहीबार कोरोना संक्रमित पुष्टि भएका व्यक्ति अस्पतालका सञ्चालकसमेत रहेका चिकित्सक रहेको खुलेपछि अस्पताल शिल गरिएको हो । संक्रमित चिकित्सकको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ सुरू गरिने महानगरले जनाएको छ । ‘कन्ट्रयाक टे«सिङ्गदेखि अस्पताल पूरै सेनिटाइज गरिनुपर्ने हुन्छ,’ जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भन्नुभयो, ‘अर्को निर्णाय नभएसम्म अस्पताल शिल गरिएको हो ।’

अस्पतालमा भर्ना भएका सम्पूर्ण विरामी र संक्रमितको सम्र्कमा रहेकाहरुको पनि स्वाब संकलन गरिनेछ । कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार रातिदेखि सम्र्पकविहीन बनेका संक्रमितलाई बिहीबार दिउँसोे ११ बजे सम्र्पकमा आएको महानगरले जनाएको छ । संक्रमण पुष्टि भएको ३८ घण्टापछि विराटनगर महानगरपालिको सम्र्पकमा आएको जन– स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।

संक्रमित चिकित्सकको अस्पतालबाट स्वाब संकलन गरेर कोशी अस्पतालको ल्याबमा लगिएको थियो । नाम र ठेगाना नखुलाई स्वाब संकलन गरी पठाएकोले पिसिआर प्रविधिबाट गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपनि उनको पहिचान हुन सकेको थिएन ।

स्वाब संकलनको क्रममा उनको पूरा नाम र प्रष्टसँग ठेगाना र सम्पर्क नम्बर पनि गलत टिपाएको कारणले संक्रमित फेला पार्न समस्या भएको थियो । संक्रमित सम्र्पकबिहीन बनेपछि मोरङ प्रहरी र महानगरपालिकाले खोजी कार्य तीव्र बनाएको थियो । ‘सम्पर्कविहीन बनेका संक्रमितलाई खोज्न प्रहरी र महानगरपालिकाले निक्कै मेहनत गर्नुप¥यो,’ जनस्वास्थ्थ महाशाखा प्रमुख कार्कीले भन्नुभयो, ‘बिहीबार दिउँसो साढे ११ बजे संक्रमित आफैले फोन गरि महानगरपालिकाको सम्र्पकमा आएका छन् ।’

अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको कुरा बाहिरिएमा बिरामी नआउने र अस्पताल नचल्ने तथा बन्द गर्नुपर्ने स्थिति हुने संक्रमित व्यक्तिको पहिचान लुकाउने प्रयास भएको थियो ।

यसैबीच संक्रमित पुष्टि भएकोे चिकित्सक बिहीबार दिउँसोसम्म होम आइसुलेनसमा रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । दिउँसोसम्म होम आइसुलेसनमा रहेकोले कोभिड अस्पताल लैजाने तयारी गरिएको महानगरको जनस्वास्थ्य शाखाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.