Websoft University

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ८ लाख नाघ्यो


काठमाण्डौ असार २७  गते । रातो तारा डट कम,,भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ८ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आज बिहानको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा भारतमा २७ हजार १ सय १४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । यो एकैदिन भेटिएको हालसम्मकै धेरै संख्या हो । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ८ लाख २० हजार ९ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ सय १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ हजार १ सय २३ पुगेको छ ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.