Websoft University

नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार नाघ्यो


काठमाण्डौ असार २३ गते । रातो तारा डट काम,नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ हजार नाघेको छ । गएको २४ घन्टामा दुई सय चार जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।  गएको २४ घन्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा रहनेको सङ्ख्या २५ हजार ७ सय २७ र आइसोलेसनमा रहनेको सङ्ख्या ८ हजार ६ सय ३४ जना रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.