Websoft University

मेलम्चीको १२ र १३ वडा जोड्ने पक्की पुल जोखिममा


काठमाण्डौ साउन १२ गते । रातो तारा डट कम, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ र १३ जोडने सिन्धुखोलामा अवस्थित पक्की पुल जोखिममा परेको छ । बर्षाको पानिको बहाब बढे संगै खोलाको सतह बढ्दा पुलको जग खोलिएको छ । काठमाण्डौ मेलम्ची जोडने प्रमुख सडक मार्गमा पर्ने ५५ दशमलब ५० मिटरको पुल जोखिममा पर्दा वडा बासिहरुका साथै सवारि साधनका चालक र यात्रुहरुमा त्रास बढेको छ । कति बेला भत्कीन्छ र ठुलो जोखिम आईलाग्छ भन्ने चिन्ता प्रकट गर्दै स्थानियले सम्बधित निकाएलाई आउन सक्ने समस्या लाई मध्यनजर गर्दै बेलैमा ध्यान दिन अनुरोध गरेका छन् । पैदल यात्री हरुलाई होसियार भएर यात्रा गर्न अनुरोध गर्ने गरेको स्थानिय कन्चन ढुङ्गानाले जानकारि दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.