Websoft University

कृषकहरुले उत्पादन गरेको तरकारी बिक्री नहुँदा किसान अहिले परिसान हुदै,



काठमाण्डौ साउन १२ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमणका कारण लामो समय बन्दाबन्दी भएपछि बझाङमा उत्पादन भएका तरकारी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । बन्दाबन्दी कारणल एउटै गाउँमा झण्डै साँढे दुई लाख भन्दा बढीको तरकारी कुहिएको छ । बझाङको थलारा गाउँपालिका वडा नं. ६, मानतोलामा तरकारी खेती गर्दै आउनुभएका स्थानीय आनन्द रोकायाले लगाएको तरकारी मध्ये २० क्वीन्टल काक्रा कुहिएको बताउनुभयो । दुःख गरेर उत्पादन गरेको तरकारी बिक्री नहुँदा पशु चौपायालाई खुवाउनु परेको रोकाया बताउँनुहुन्छ । बन्दाबन्दी कारण तरकारी बिक्री नहुँदा उहाँले चार महिनाको अवधीमा साँढे दुई लाखको क्षती बेहोर्नुपरेको छ । ६ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका रोकायाले बन्दाबन्दीको समयमा मात्र नभई अन्य समयमा पनि बजारीकरण गर्न समस्या हुने र सिचाइँको उचित व्यवस्था नहुँदा अप्ठ्यारो हुने गरेको गुनासो गर्नुभएको छ । ग्रामिण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा सिचाई पोखरी निर्माण गरिएको भए पनि धाराको पानीले पोखरी भर्नुपर्ने भएकोले सिचाइँमा समस्या हुने गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.