Websoft University

नेपालमा सङ्क्रमितको संख्या १७ हजार एक सय ७७ पुगे


काठमाण्डौ असार ३१ गते । रातो तारा डट कम,गत २४ घण्टाको अवधिमा मुलुकभर थप एक सय १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमति जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा एक सय १६ जनामा कोरोना सङ्क्रमण भएसँगै नेपालमा सङ्क्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको जनाएको छ । 

जिल्लागत तथ्याङ्क अनुसार सङ्क्रमित हुनेमा धनकुटाका एक, मोरङका एक, ताप्लेजुङका एक, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका एक, काठमाडौँका सात, सिन्धुपाल्चोकका एक, चितवनका आठ, नवलपरासी पूर्वका ११ रहेका छन् । यस्तै रौटहटका पाँच, धादिङका एक, पाल्पाका एक, गोरखाका एक, कास्कीका तीन, तनहुँका तीन, म्याग्दीका नौ, सल्यानका तीन, अछामका एक, दैलेखकका तीन जना सङ्क्रमित रहेका छन् ।

 जाजरकोटका एक, जुम्लाका दुइ, मुगुका एक, सल्यानका दुइ, सुर्खेतका २८ र डडेलधुराका दुइ जना रहेकाछन् ।  पीसीआर विधिबाट हालसम्म दुइ लाख ९८ हजार आठ २९ परीक्षण गरिएका छन् र २४ घन्टामा पाँच हजार ९० परीक्षण भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार पाँच सय २७ जना रहेका छन् । 

त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार एक सय १३ जना रहेको छ । यसैविच नेपालमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका परवा नगरपालिका वडा सातका ३६ वर्षका पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । प्रवक्ता डा. गौतमले उनको मृत्यु नारायणी अस्पताल वीरगन्जमा आईसीयूमा उपचारका क्रममा आज दिउसो साढे दुइ बजे मृत्यु भएको बताउनुभयो । आजसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.