Websoft University

जेष्ठ नागरिक भवन निर्माणमा आर्थिक अनियमितता

शिव भट्टराई,मोरङ साउन १२ गते । रातो तारा डट कम, मोरगंको सुन्दरहरैचा नगरपालिका ३मा निर्माण भइरहेको जेष्ठ नागरिक भवन निर्माणमा आर्थिक अनियमितता भएको आरोप लागेको छ ।
जेष्ठ नागरिक समाज सुन्दरहरैचा ३मा आवद्ध जेष्ठ नागरिकहरुले भवन निर्माणमा आर्थिक अनियमिता भएको आरोप लगाएका हुन ।
लक्ष्मी नारायण मन्दिरसंग जग्गा मागेर जेष्ठ नागरिक भवन निर्माण कार्य दुई वर्ष अघि सुरु गरेको र सोही भवन पुरा गर्न संघिय सासंद लालबाबु पण्डितलाई अनुरोध गरेपछि तराई मधेश समृद्धि कार्यक्रमबाट २५लाख प्राप्त नगरपालिकाको थप ३लाख गरि अर्कै ठाउँमा भवन वनाइएको समाजका अध्यक्ष भिमवहादु कार्कीले आरोप लगाए । उनले आफुहरुले वनाउदै गरेको भवनलाई पुर्णता दिन अनुरोध साथै उपभोक्ता समिति मार्फत काम गराउन अनुरोध गर्दा नमानेर ठेक्केदार मार्फत वनाइएको भवन हेर्दा त्यति खर्च भएको पत्याउन अवस्था नभएको भन्दै भवन निर्माणमा आर्थिक अनियमितता भएको आशंका गरे । 
वडामा निर्माण हुने भएको कारण आफुहरुले चासो दिएर उपभोक्ता मार्फत निर्माण गर्न आग्रह गर्दा नमानि ठेक्केदारलाई निर्माण कार्यको जिम्मेवारी दिएको वताउदै वडा नम्बर ३का वडाध्यक्ष जीवन ढुंगानाले प्राविधिकको स्टमेट अनुसार भवन निर्माण भए नभएको छानविन हुनु पर्ने वताए। सोमबार भएको पत्रकार सम्मेलनमा उनले वडा कार्यालयले प्राविधिकको मुल्याँकन र स्टीमेट अनुसार एक्कीन गरेर रकम भुक्तानी गरि दिनु भनेर सिफारिस दिएको जानकारी दिए ।उक्त कार्यक्रम जेष्ठ नागरिक समाज सुन्दर हरैंचा ३ की सहजकर्ता रिता दाहाल बस्नेतले सञ्चालन गरेकी थिइन्।
भवन निर्माण कार्य अझै पुरा नभई सकेको वताउदै उपप्रमुख धनमाया तामागंले टेन्डर प्रकृयावाट काम भएकोले प्राविधिक स्टीमेट अनुसार निर्माण भएको भए ठिक भएको छ । झट्ट हेर्दा २८लाख खर्च भएको जस्तो नलागे पनि प्राविधिक स्टमेट अनुसार नापजाँच गरेर हेर्नु पर्ने उपप्रमुख तामागंले वताइन ।आर्थिक वर्ष समाप्त हुँदा सम्म पनि काम सम्पन्न गरेर निर्माणको जिम्मा पाएको सावाना निर्माण सेवाले भवन हस्तान्तरण गरि सकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.