Websoft University

प्रदेश १ मा २ संक्रमित थपिए, १४ डिस्चार्ज


विराटनगर, २५ असार । रातो तारा डट कम, प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् । 

झापा र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा १ र सुनसरीको बर्जुमा १ पुरुषमा संक्रमण देखिएको हो ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४ पुगेको छ । 

प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् । २ महिला र १२ पुरुष डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ९ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना र कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय ४१ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.