Websoft University

पोखरा,गजलकार अधिकारीलाई मातृशोक


पोखरा, असार १३ गते । रातो तारा डट कम,गजलकार अनुराग अधिकारीलाई माृतशोक परेको छ । अधिकारीकी ८५ वर्षीया  आमा बद्रीमाया अधिकारीको बिहीबार पोखरामा निधन भएको हो ।

अन्तिम अवस्थामा दम रोगका कारण समस्या देखिएपछि अधिकारीलाई पोखराको मेट्रोसिटी हस्पिटलमा लगिएकोमा उपचार हुँदा हुँदै अपरान्ह ३ः३० बजे अस्पतालले मृत्युको घोषणा गरेको थियो । दिवङ्गत अधिकारीका २ छोराहरु अनुराग (पिताम्बर) र दीननाथ छन् भने ६ छोरीमध्ये नारायणी सुवेदी, पार्वती सिग्देल, शारदा बराल, राधा बराल, भगवती पौडेल रहेका छन् । माहिली छोरी कृष्णा भट्टराई र श्रीमान् विश्वनाथ अधिकारीको निधन भइसकेको छ । अधिकारीका २३ जना नातिनातिनी रहेका छन् ।

अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुुराग अधिकारी सुगम सङ्गीत यात्राका अध्यक्ष, गीतकार प्रतिष्ठान, नेपालका महासचिव पनि हुन् । उनी शिक्षण, साहित्य र सञ्चारका क्षेत्रमा क्रियाशील छन् । अनुरागकै रचना, हरिहर खनियाको सङ्गीत र सी. डी. विजय अधिकारीको स्वरमा रहेको आमा तिम्रो पाउमा शिर राखी जिन्दगीभर थाक्दिनँ म... बोलको गजलमा आमा बद्रीमायाले अभिनयसमेत गरेकी थिइन् । अधिकारी परिवार हाल पोखरा–३१, वेगनासमा रहेको घरमा काजक्रियामा रहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.