Websoft University

विराट व्यापार संघ को २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम विराटनगरः विराटनगरको विराट व्यापार संघ आज २०औं वर्षमा प्रवेश गरेको छ । संघले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव सफतापुर्वक मनाएको छ । 

संघले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रमबाट ३२ पिन्ट ब्लड संकलन भएको संघका अध्यक्ष सुजन थापाले जानकारी दिए । 

खाद्यान्न सामान वितरण,
सोही अवसरमा संघले विराटनगर स्थित बस पार्कमा विगत लामो समयदेखी बसेका मजदुरहरुलाई खाद्यान्न सामान समेत वितरण गरेका थिए ।

त्यसैगरी संघले विराटनगर ९ स्थित बुधहाट चौक पंचमुखी हनुमान मंदिर अगाडी  दीप प्रज्वलन समेत गरेका थिए ।  सो कार्यक्रममा उद्ययोग संगठन मोरङका अध्यक्ष भिम घिमिरे , मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतको उपस्थिती रहेको थियो । 

मोरङमा नयाँ एसपीलाई स्वागत,
आफ्नो वार्षिकोत्सवको अवसरमा संघले जिल्ला प्रहरी कार्यालय मोरङमा भर्खरै सरुवा भइ आउनु भएका एसपीलाई स्वागत समेत गरेका थिए । संघले मोरङ जिल्लाको प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न आएका प्रमुख सन्तोष खडकालाई स्वागत गरेका थिए ।  

उक्त कार्यक्रममा संघका अध्यक्ष सुजन थापा , नि। वर्तमान अध्यक्ष शिव रिजाल ,संस्थापक अध्यक्ष ध्रुव दहाल, पुर्व अध्यक्ष यादव पोखरेल , रामजिवन अग्रवाल , वरिष्ठ उपाध्यक्ष जितेन्द्र गोल्छा ,महासचिव चन्द्र प्रसाद अधिकारी, कोषाध्यक्ष सुनिल कर्ण, उप महासचिव प्रवीण अग्रवाल, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जीवन सापकोटा  सदस्यहरु शरद श्रेष्ठ ,अंशु बंजारा , कबिन श्रेष्ठ ,लिलानाथ अधिकारी , अनिल रिजाल, गोपाल अग्रवाल , सनातन मण्डल लगायतले उपस्थिती जनाएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.