Websoft University

आगलागीबाट २ जनाको मृत्यु


सुनसरी, जेष्ठ २२ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१५ सिद्धकाली चोकमा रहेको नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा ईटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा अन्य थप अनुसन्धानका साथै मृतकको कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ । बर्षा याम शुरु भए संगै आगलागीका घटना बढीरहेको हुँदा सबैले सचेत भई छिटो आगलागी हुने चिज बस्तुहरुमा बिशेष ध्यान दिनु हुन समेत आम नागरीकहरुमा हार्दिक अनुरोध गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.