Websoft University

नेपालमा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ


काठमाण्डौ जेठ २३ गते । रातो तारा डट कम,नेपालमा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण  देखिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको छ । आज थपिएका २७८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । 

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा ४ हजार २३२ जनाको पीसीआर बिधिबाट परिक्षण भएको छ । यस्तै दु्रत बिधिबाट भने ५ हजार १८५ जनाको परीक्षण भएको छ ।

 हालसम्म पीसीआरबाट ८८ हजार ३६६ र १ लाख ३२ हजार ९६६ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ६६ हजार ७ सय ६५ मानिस क्वारेन्टाइनमा बसिरहेको पनि प्रवक्ता देबकोटाले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.