Websoft University

इटहरी उपमहानगरपालिकाले १ अर्व ७८ करोड रुपैयाँको बजेट सार्वजनिक


सुनसरी इटहरी । रातो तारा डट कम, आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि सुनसरीको इटहरी उपमहानगरपालिकाले १ अर्व ७८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आर्थिक बर्ष २०७७÷७८ को बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्ब ४ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ रू १ करोड ४० लाख अनुमान गरिएको छ । उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा २ करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।

यस्तै शिक्षा क्षेत्रमा २ करोड, बिपन्न समुदाय बस्ती बिकास कार्यक्रमका लागि ५० लाख, कृषि तथा पशु विकास कार्यक्रमका लागि ३ करोड ७५ लाख, विपद् व्यवस्थापनका लागि १ करोड, स्मार्ट पार्किङ योजना सञ्चालनका लागि ५ करोड २५ लाख, नगर यातायात तथा सडक सुशासन कार्यक्रमका लागि ५० लाख, नदि नियन्त्रण सम्बन्धि योजना सञ्चालनका लागि १ करोड ५० लाख, इटहरी क्षेत्रको आमसंचारलाई थप विकास गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.