Websoft University

सुन्दरहरैंचा नगरपालिकाले गर्यो अगामी आर्थिक बर्षका लागि १ अर्ब १९ करोड ५० लाखको बजेट प्रस्तुत


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिकाले अगामी आर्थिक बर्ष ०७७/०७८ का लागि १ अर्ब १९ करोड ५० लाख ९६ हजार ८० रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। नगरले आर्थिक बर्ष ०७७/०७८ का लागि संचित कोषबाट रु. ९६ करोड २७ लाख ९७ हजार २८० र अन्तर सरकारी अख्तियारीबाट रु. २३ लाख ५८ हजार ८ सय गरी १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैयाँको बजेट ल्याएको हो।

नगर प्रमुख शिव प्रसाद ढकालको अध्यक्षतामा भएको नगरको छैठौं नगरसभमा उपप्रमुख धनमाया तमाङ्गले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। बजेटमा स्वास्थ्य, कृषी, रोजगार र भौतिक निर्माणलाई प्राथमिकता दिएको छ ।नगर क्षेत्र भित्रका सडकहरुको नगरस्तरिय यातायात गुरु योजना तयार गरि अघि बढ्ने, सडक बिस्तार गर्दा पानीको श्रोत, बनजंगल, प्राकृति स्रोत तथा धार्मिक क्षेत्र बिस्तापित नहुने गरि डिजाइन गर्ने, कृषकहरुको जिवनस्तरमा सुधार ल्याई नगरको आर्थिक समृद्धिमा कृषि पेशालाई जोड्ने, अपाङ्ग, बाल, लैगिक, बातावरणमैत्री साथै जेष्ठ नागरिक मैत्री नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

सुन्दरहरैंचा नगरपालिका वडा ५ मा निर्माणाधिन सुबिधासम्पन्न इलेकट्रीक शवदाह गृह र पार्क निर्माण वडा ११ र १२ मा समेत सुबिधायुक्त शवदाह बनाउने , पुर्वाधार निर्माणमा साझेदारी नीति अनुशारण गरि लागू गरिने , आर्थिक वर्ष ०७७/०७८ देखि कोल्ड स्टोर निर्माण कार्यको थालनी गर्नेछ। त्यसै गरि बृद्धाबन गौशला धार्मिक पर्यटकिय क्षेत्रलाई नेपालकै नमुना धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न बिश्वकै अग्लो गाईको मुर्ती निर्माण कालिखोला , किचकगढी, ग्रामथान, ६ पोखरी पार्क, भुल्के जलाधार क्षेत्र लगायतको धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकास नितिलाई जोड दिने छैठौं नगर सभाको नीति तथा कार्यक्रममा समेटिएको छ ।

कोभिड - १९ को व्यापकले सृर्जना हुन सक्ने परिस्थितिको आंकलन गरि क्वारेन्टिन ब्यबस्थापन, राहत बितरण , सचेतना कार्यक्रम , सुचना तथा सम्प्रेषण, उपचार तथा नियन्त्रणमा आवाश्यक बजेट ब्यबस्थापन गर्ने उल्लेख छ। नगरक्षेत्रको सामुदायिक तथा संस्थागत बिधालयहरुमा १ देखि ५ कक्षा सम्म एकै प्रकारको पाठयक्रम लागू गर्ने, प्रत्येक बिधालयको एक जना शिक्षकलाई आईसिटी समबन्धी तालिम ब्यबस्थापन गर्नें, सामुदायिक बिधालयकोलागि उत्कृष्ट नतिजा ल्याउने २ बिधालयलाई नगर उत्कृष्ट शिक्षा पुरस्कार ब्यबस्था मिलाउने ब्यबस्था गर्ने भनिएको छ।

बाताबरण तथा बिपद ब्यबस्थापन सम्बन्धि नीति, संस्थागत बिकास, सेवा प्रवाह र सुशासन निति, समाजिक बिकास सम्बन्धि निति लगायत कार्यक्रम समेटिएको छ। नगरप्रमुख उज्यालो सुन्दरहरैंचा कार्यक्रम, कृषि पेसाको सम्मान कृषकलाई अनुदानै अनुदान , उपप्रमुख आत्मनिर्भर कार्यक्रम अन्तरगत कृषी, पशुजन्य उत्पादनलाई जोड दिने अबलम्वन गरिनेछ। प्रस्तुत बजेट मध्ये आन्तरिक श्रोत चालू आर्थिक बर्षको अगामी मौज्दात समेत गरि १५ करोड ३० लाख ६ हजार १ सय ५६ रुपैयाँ , संघिय तथा प्रदेश सरकारको बितिय समानिकरण अनुदानबाट २० करोड ९३ लाख ८३ हजार ,संघिय सरकार र प्रदेश सरकारकै राजश्व बाडफाडबाट रु. १३ करोड ५३ लाख ५१ हजार १ सय २४ रुपैयाँ , संघिय र प्रदेश सरकारको सशर्त अनुदानबाट ३५ करोड ४० लाख १७ हजार, संघिय र प्रदेश सरकारको समपुरका अनुदानबाट २ करोड ६० लाख, लागत सहभागीताबाट २ करोड र अन्तर सरकारी अख्तियारीबाट २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयाँ को स्रोतगत अनुमान गरि बजेट प्रक्षेपण गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.