Websoft University

प्रेस बिज्ञप्ति- नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ


काठमाडौ जेठ २३ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका सदस्य खगेन्द्र सुनारलाई समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैमा रोकेर फिर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

जेठ २२ गते रुकुम घटनाको सम्बन्धमा दलित पत्रकार संघका पदाधिकारी सम्मिलित टोलीसँगै समाचार संकलनको लागि जाजरकोट जाने क्रममा प्रहरीले पत्रकारद्वयलाई सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा देखाउँदै माथिको आदेश भन्दै सल्यानको बालुवासंग्राहीबाट फर्काएको थियो ।

स्वतन्त्ररुपमा काम गर्ने पत्रकारलाई बाटैबाट फर्काएर पेशागत कर्म निर्वाहमा रोक लगाएको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने प्रहरीको यो हर्कतको कडा शब्दमा भत्र्सना गर्दछ ।  

प्रेस स्वतन्त्रताको सम्मान गरी यस्ता कार्य नदोहो¥याउन र पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.