Websoft University

नेपालमा कोरोना सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो



काठमाण्डौ जेठ २४ गते । रातो तारा डट कम,प्रादेशिक अस्पताल सेतीमा डायलाइसिसका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस रोग कोभिड भएको पुष्टि भएको छ । मृगौला रोग पीडित धनगढी ४ की ५५ वर्षकी महिलाको डायलासिसका क्रममा मृत्यु भएको थियो । 

उनको जेठ २३ गते दिउँसो १२ बजे डायलाइसिस गर्दै गर्दा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उनमा कोरोनाका कुनैपनि लक्षण नदेखिएको तर पछि स्वाब परीक्षण गर्दा पोजेटिभ अर्थात कोरोना देखिएको बताउनुभयो । यस्तै डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । 

जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि जेठ १८ गते नेपालगञ्ज, सुर्खेत, जुम्ला हुँदै डोल्पा पुगेका थिए र दु्रत परिक्षणमा कोरोना नभएको आएपछि घरमा नै क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको थियो ।

उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोटमा कोरोना भएको आएको मन्त्रालयले जनाएको छ । यो संगै १३ जना कोरोना संक्रमितको मृत्यु भएको पनि डा. देबकोटाले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.