Websoft University

प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने – सामाजिक विकास मन्त्री घिमिरे


विराटनगर, ३१ जेठ । रातो तारा डट कम,प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताउनुभएको छ । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने उहाँले बताउनुभयो । 

प्रदेश १ का नेकपाका जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आज विहान भएको अनलाईन संवादमा मन्त्री घिमिरेले कोरोना संक्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा संक्रमण नियन्त्रणमा आईसकेको बताउनुभयो । पछिल्लो समय क्वारेन्टाईनमा रहेकाहरुमा संक्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेको भनाई छ । 

उहाँले भन्नुभुयो,‘ अहिले ठुलो संख्यामा देखिएको संक्रमण क्वारेन्टाईन भित्रको हो ।’ क्वारेन्टाईनमा रहेकाहरु सवै भारतबाट आएकाहरु रहेको उहाँले बताउनुभयो । समुदायस्तरमा कोरोना नफैलिएकाले चाँडै नियन्त्रणमा आउने मन्त्री घिमिरेको दावी छ ।  स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाईनहरु अव्यवस्थित हुँदा क्वारेन्टाईन भित्र वढी संक्रमण फैलिएको उहाँले बताउनुभयो । अव्यवस्थित क्वारेन्टाईनहरुलाई व्यवस्थित गरिदै लैजाने मन्त्री घिमिरेको भनाई छ । पार्टी नेताहरुलाई कोरोना नियन्त्रणमा सक्रिय भएर लाग्न उहाँले आग्रह गर्नुभयो । अनलाईनमा संवादमा नेकपा नेताहरुले समुदाय स्तरमा कोरोना नफैलिएको बताएका थिए ।

प्रदेश १ मा अहिले सम्म देखिएको संक्रमण क्वारेन्टाईनमा मात्रै रहेको नेताहरुको भनाई छ । झापा अध्यक्ष चिन्तन पाठकले झापामा देखिएको संक्रमण समुदाय स्तरमा नभएको बताउनुभयो । झापामा ठुलो संख्यामा कोरोना संक्रमण देखिएपनि क्वारेन्टाईनमा मात्रै संक्रमण देखिएको बताउनुभयो । राजनीति दलसहितको संयन्त्रले प्रभावकारी ढंगले काम भईरहेको उहाँले बताउनुभयो । खोटाङ अध्यक्ष राम दंगालले कोरोना समुदायमा नफैलिएकाले क्वारेन्टाईनमा रहेकाहरुको परीक्षणमा तीव्रता दिन आग्रह गर्नुभयो । 

पीसीआर टेष्टका लागि संकलन गरिएको नमूना क्युमा रहने गरेको उहाँले गुनासो गर्नुभयो । रिपोर्ट ढिलो आउँदा समस्या हुने गरेको दंगालको भनाई छ ।  संखुवासभाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले समुदाय स्तरमा संक्रमण नफैलिएको बताउनुभयो । संखुवासभामा प्रभावकारी रुपमा काम भईरहेको घिमिरेको भनाई 
छ । सुनसरी अध्यक्ष योगेन्द्र मण्डलले क्वारेन्टाईनहरु अव्यवस्थित भएको बताउनुभयो । 

उहाँले क्वारेन्टाईन कारागार जस्तो भएको गुनासो गर्नुभयो । क्वारेन्टाईनलाई व्यवस्थित गर्न उहाँलाई प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मोरंग सचिव गणेश उप्रेती शुशिलले क्वारेन्टाईनमा रहेकाहरुको परीक्षण गंभिर ढंगले बढाउनुपर्ने बताउनुभयो । संक्रमण बढी देखिएका स्थानहरुमा प्रदेश सरकारले पीसीआर परीक्षण बढाउनुपर्ने उप्रेतीको भनाई छ । उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवालले कोरोना संक्रमण देखिएकाहरुलाई समाजमा हेर्ने दृष्टिकोण फरक भएको पाईएको उहाँले बताउनुभयो ।

कोरोनाबारेको भ्रम हटाउने खालको कार्यक्रम गर्न उहाँले प्रदेश सरकारलाई अनुरोध गर्नुभयो । ताप्लेजुङ अध्यक्ष विजय वनेमले जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव भएको बताउनुभयो । पाँचथर अध्यक्ष राजकुमार भण्डारीले कोरोना परीक्षण बढाउनुपर्ने बताउनुभयो । भोजपुर अध्यक्ष प्रेम राईले कोरोनापछि समस्या आउने देखिएकाले समस्या समाधान गर्नेगरिको बजेट र कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.