Websoft University

पोखरा ,माननीयलाई कालोमोसो र जुत्ताको माला लगाउदा पोखरामा प्रहरी र बिद्यार्थीको मुठभेट (भिडियों)


बुधबार पोखराको महेन्द्रपुलमा एक फरक दृश्य देखा पर्यो । देशभक्त बिद्यार्थीहरुको एक समूहले एक माननीयलाई जुत्ताको माला र कालोमोसो दले । चोकमा लगेर प्रदर्शन गरे र भूईमा राखेर लात्तिले हाने । उक्त दृश्य बिद्यार्थीहरुले संकेतिक रुपमा एक डमी माथि प्रयोग गरेका थिए ।

अमेरीकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) परियोजनाका पछाडी कयौन स्वार्थहरु रहेका भन्दै देशभक्त विद्यार्थीहरुले पोखरामा विरोध प्रदर्शन गरेका हुन् । पोखराको महेन्द्रपुलमा गरिएको प्रदर्शनमा देशभक्त प्रगतिशिल क्रान्तिकारी विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै बिद्यार्थी नेता क्षितिज सापकोटाले एमसिसी खारेज भन्दा पनि त्यसमा समावेश गरिएका केही बुँदाहरु संसोधन गरेर पारित गर्नु पर्ने माग बिद्यार्थीहरुको रहेको बताए । उनले माननीयहरुले जसरी चुनावको बेला जनतासमक्ष बाचा गरेका थिए त्यही अनुरुप यो एमसिसी देशको हितमा नभएकोले यसलाई जस्ताको जस्तै पारित गर्न नहुने बताए । 

यदि माननीयहरुले एमसीसिको समर्थनमा काम गरे डमीलाई गरिएको जस्तो हर्कद गर्न पनि आफूहरु पछि नपर्ने उनले उद्घोष गरे । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.