Websoft University

नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै



काठमाण्डौ असार ७ गते । रातो तारा डट कम, नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौँबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । 

उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ । नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले बताउनुभयो । नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने आचार्य बताउनुहुन्छ । 

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ । धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछ् । 

सूर्यग्रहण नाङ्गो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनुपर्ने खगोलविद्हरू बताउँछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.