Websoft University

यसपटक एसईई नहुने, मूल्याङ्कन कार्यविधि बन्दै


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम, करिब तीन महिनायताको अन्योलपछि सरकारले यो वर्ष एसईई परीक्षा नगर्ने निर्णय गरेको छ । यसपटक विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ््कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय भए पनि एसईई सञ्चालनको जिम्मेवारी विद्यालय तहलाई दिने तयारी भएकोछ । 

देशभरिका धेरै विद्यालयमा क्वारेन्टाइन रहेको र परीक्षा सञ्चालन गर्दा अवस्था झन प्रतिकुल हुने भएकाले एसईई परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय प्रमाणित भएर आएपछि आवश्यक कार्यविधि बनाइने र विद्यार्थीको मूल्याङ्कन प्रक्रिया अघि बढ्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीआईएनलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्यार्थीले तीनवटा त्रैमासिक परीक्षा यसअघि दिइसकेका छन् र तीनवटै परीक्षामा उनीहरूले पाएको अङ्कका आधारमा विद्यालयले स्थानीय सरकारमार्फत राष्ट्रिय परीक्षा बोर्डमा विवरण पठाउनेछ । त्यही अङ्कका आधारमा बोर्डले ग्रेडसिट तयार गरेर हरेक विद्यालयमा पठाउने छ । एसईई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो तर चैत ५ गते साँझ कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । 

यो वर्षको परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । हिजोको मन्त्रिपरिषद् बैठकले यो वर्ष एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय गरे पनि एसईईको परीक्षाको व्यवस्था शिक्षा ऐन्मा नै भएकाले सधैँका लागि एसईई खारेज गर्न ऐन् संसोधन गर्न संसद्ले नयाँ ऐन ल्याउनुपर्ने हुन्छ । त्यसरी अर्को ऐन् पारित गर्दासम्ममा एसईई परीक्षा विद्यालय तहबाटै सञ्चालन गर्ने गरी व्यवस्था गरिनुपर्ने प्रवक्ता शर्माको भनाइ छ ।

शिक्षाविद्हरूले धेरै पहिलेदेखि आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउन सकिने सुझाव दिँदै आएका थिए । कक्षा ११ र १२ को परीक्षाका विषयमा भने निर्णय भएको छैन । तर त्यसलाई पनि विद्यालय तहको शिक्षा मानिएकाले स्थानिय सरकारकै व्यवस्थापनमा परीक्षा गर्ने सरकारको तयारी छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.