Websoft University

नेपाल प्रहरीले् अपराध नियन्त्रणका लागि सातवटै प्रदेश कार्यालयहरुलाई निर्देशन गरेकोछ



काठमाण्डौ असार ४ गते । रातो तारा डट कम,नेपाल प्रहरीले सातवटै प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई अपराध नियन्त्रणका लागि निर्देशन दिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले महानगरीय प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेख्दै सतर्क रहन निर्देशन दिएको हो । कोरोना भाइरस माहामारीका कारण लामो समयसम्म जारी बन्दाबन्दी खुकुलो बन्दै जाँदा अपराध बढ्ने र अपराधका नयाँ नयाँ शैली देखापर्ने भएकाले अपराध नियन्त्रण र तथा न्यूनीकरण कार्ययोजना २०७७’ लागू गरेको विभागका प्रहरी उपरीक्षक बसन्त रजौरेले सीआइएनसँग बताउनुभयो । प्रहरी प्रधान कार्यालयले चोरी नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गर्नुपर्ने, आर्थिक कारोबार हुने स्थान र बढी भिड हुने व्यापारीक क्षेत्रमा र बहुमूल्य सामानको कारोबार हुने स्थानमा गस्ती बढाउन पनि निर्देशन दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.