Websoft University

भारतमा कोरोना संक्रमित हुनेको संख्या दुइ लाख ९८ हजार नाघ्यो


काठमाण्डौ जेठ ३० गते । रातो तारा डट कम,कोभिड–१९ का कारण भारतमा संक्रमित हुनेको संख्या दुइ लाख ९८ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जोन्स हपकिन्सका अनुसार भारत कोरोना संक्रमितको हिसाबले विश्वकै चौथो प्रभावित मुलुक बनेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गत २४ घण्टाको अवधिमा हालसम्मकै धेरै १० हजार चार सयभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दुई लाख ९७ हजार पाँच सय ३५ संक्रमित फेला परेका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार चार सय ९८ पुगेको छ । भारतको महाराष्ट्रमा मात्रै ९७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोना भाइरसका कारण एक लाख ४७ हजार एक सय ९५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.