Websoft University

टेम्केडाँडा जोड्ने पदमार्ग निर्माणको काम सुरु


काठमाण्डौ जेठ ३० गते । रातो तारा डट कम,खोटाङको साकेला गाउँपालिकाले टेम्केडाँडा जोड्ने पर्यटन पदमार्ग निर्माण सुरु गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धनका लागि वडा नम्बर चार मात्तिम मानेभञ्ज्याङदेखि चखेवाभञ्ज्याङ पुग्ने पदमार्गको आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण कार्य सुरु गरिएको हो । 

चखेवाभञ्ज्याङदेखि मानेभञ्ज्याङबीचको करिब सात किलोमिटर दुरीमध्ये हालसम्म करिब पाँच किलोमिटर सडकखण्डमा ढुंगा सोलिङ गर्ने काम भइसकेको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो ।

तीन हजार १० मिटर उचाई रहेकोे पर्यटकीयस्थल टेम्केडाँडामा पदमार्गमा ढुंगा सोलिङको काम सकिएपछि ठाउँ–ठाउँमा विश्रामस्थल, पाटी, खानेपानी लगाएतका सृङ्गारको काम गरिने अध्यक्ष खड्काको भनाइछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.