Websoft University

बोयर जातीको पाठापाठी स्रोत केन्द्रको शिलन्यास


मोहन कुमार राई-आषाढ ४ गते । रातो तारा डट कम, संखुवासभा,पूर्वी नेपालको संखुवासभा जिल्ला अन्तरगत चैनपुर नगरपालिकाको स्थानीय सरकारले बोयर जातीको पाठापाठी उत्पादन स्रोतकेन्द्रको शिलन्यास कार्यक्रमका वीच हालै  सम्पन्न गरेको छ । 

बोयर जातीको पाठापाठी उत्पादन गर्ने उद्देश्यले चैनपुर नगरपालिकाको १ करोड र अन्य सरोकार निकायबाट ५ करोडको रकम जुटाई कार्याक्रम सञ्चालन गर्ने गरी प्रदेश नं. १ मा पहिलो पटक यस किसिमको कार्याक्रम सञ्चालनमा ल्याउने उद्देश्यका साथ चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले एक कार्याक्रमका वीच सो शिलन्यास गर्नुभएको थियो । 

नगरपालिकाको आ.व. २०७६÷७७ को वार्षिक वजेटबाट १ करोड विनियोजन गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमलाई चैनपुर नगरपालिका र पशुपन्छी विकास मन्त्रालय अन्तरगत पशुपछी विभाग हरिहर भवनको समन्वयमा १ नं. प्रदेश भरीनै बोयर जातीको पाठापाठी उत्पादन केन्द्र स्थापना गरेर नगरपालिकाले वार्षिक ३ करोड आम्दानी गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको चैनपुर नगरप्रमुख भरतकुमार खत्रीले जानकारी दिनुभयो । 

चैनपुर नगरपालिका वडा नंं १० को हात्तीसुडे क्षेत्रमा ५५ रोपनी जग्गा व्यवस्थापन गर्ने कानूनी प्रक्रिया पुरा गरी जग्गा प्राप्ती को प्रक्रियालाई अगाडि बढाएको छ । जग्गा प्राप्ती गर्नका लागि पटक पटक निःशुल्क जग्गा प्राप्तीका लागि सूचना आवह्न गरेपनि उक्त प्रक्रियाबाट जग्गा प्राप्ती नभएपछि जग्गा प्राप्ती ऐन अन्तरगत चैनपुर नगरपालिकाले जग्गा अधिकरण प्रक्रिया अघि बढाएको छ । 

जिल्ला प्रशासन कार्यलय संखुवासभाले गत जेष्ठ २२ गते राजधानी दैनक पत्रिकामा जग्गा प्राप्ती प्रयोजनका लागि सरोकार क्षेत्रका सम्बन्धीत जग्गा धनीलाई मुअब्जा दिनेगरी सूचना प्रकाशन गरेर कार्यक्रम अघि बढाएको हो ।कार्यक्रम सफल बनाउन चैनपुर नगरपालिकाले  मुअब्जाको लागि २८ लाख ४५ हजार ८ सय ५१ रुपैयाँ  जिल्ला प्रशासन कार्यालय संखुवासभाले जग्गा धनीलाई वितरण गर्ने गरी व्यवस्था मिलाएको चैनपुर नगरपालिकाका नगर प्रमुखका सोकिय सचिव टंक रोक्काले जानकारी दिनुभयो । 

सोकिय सचिव रोक्काका अनुसार सो कार्यक्रमलाई पूर्णता दिनकालागि  थप ४ सय रोपनी जग्गा लिजमा लिएर कार्यक्रम अघी बढाइने समेत जानकारी दिनुभयो । अफ्रिकियन मुलुकबाट बोयर जातीको पाठपाठी झिकाई १ नं. प्रदेशलाई नै मासु आपुर्ति गर्ने उद्देश्यका साथ जिल्ला र नगरकै आर्थिक समृद्धि  गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकालले जानकारी दिनुभयो ।  

चैनपुर नगरपालिकाले व्यवसायीक रुपबाट यो  कार्यक्रम सञ्चालन गरी नगरपालिकाको वार्षिक दिगो आम्दानी दिनुका साथै नगरका स्थानीयवासीहरुलाई रोजगारी समेत दिने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको शिलन्यासको क्रममा नगर प्रमुख खत्रीले वताउनुभयो ।

कार्यक्रम  चैनपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष तेजबहादुर कटुवालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा नगरपालिकाका उप प्रमुख मुना श्रेष्ठ सहित वडाध्यक्षहरु स्थानीयवासीहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरी कार्यक्रम सम्पन्न भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.