Websoft University

सबै विद्यार्थीका लागि वैकल्पिक पठनपाठन आन देखि अघि बढाइने


काठमाण्डौ असार १ गते । रातो तारा डट कम, सरकारले आजदेखि सबै विद्यार्थीका लागि दुर तथा खुला शिक्षा सञ्चालन गरेको छ । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्दै वैकल्पिक पठनपाठन अघि बढाइएको हो । 

निर्देशिका अनुसार दुर तथा खुला शिक्षालाई पाँच समूहमा विभाजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको हो । पाँचवटा समूहमध्ये एउटा समूहमा सामुदायिक रेडियोको पहुँचमा भएका विद्यार्थीलाई पनि केन्द्रित गरिएको छ । यसलाई कार्यान्वयन गर्नका लागि देशभरका सामुदायिक रेडियोले पनि दुर तथा खुला शिक्षा सञ्चालन गर्नेछन् ।

सामुदायिक सूचना नेटवर्क (सीआइएन) मार्फत देशभरका सामुदायिक रेडियोले कक्षा सञ्चालन गरेकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललले धन्यावाद दिँदै नयाँ कार्यक्रम पनि प्रसारण गर्न आग्रह गर्नुभयो । निर्देशिका जारी गर्दै शिक्षा मन्त्रालयले दुरशिक्षा कार्यक्रमलाई कार्यान्वयन गराउन संघ प्रदेश र स्थानीय तहका सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । 

नेपालमा गत शैक्षिक सत्रको अन्तिम महिना चैतको सुरुदेखि नै नियमित पठनपाठन अवरुद्ध हुँदै आएको छ । कोरोना महामारीका कारण लागु गरिएको बन्दाबन्दीका माझ लाखौँ विद्यार्थी अहिले घरमै रहेका छन् । सहरी क्षेत्रका कतिपय निजी विद्यालयले वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.