Websoft University

चैनपुर प्राथमिक स्वास्थ्यकेन्द्र सिल


मोहन कुमार राई चैनपुर । रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक विरामीको उपचारो क्रममा मृत्यु भएपछि स्वास्थ्य केन्द्र सिल गरिएको छ ।

झापा घर भै हाल चैनपुर नगरपालिका वडा नंं. २ मामाघरमा वस्दै आएका ३५ वर्षीय युवाको उपचारको क्रममा सोमबार मृत्यु भएको थियो ।  स्वास्थ्य केन्द्र आइपुग्दा मृत्यु हुने युवाको स्वास प्रश्वासमा समस्या भइरहेको थियो ।   ३ दिन अघि देखि ज्वरो आएको, स्वासप्रश्वासमा समस्या, डाइभिटिजको औषधी सेवन गरिरहेका  स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. विनोद बेकोजुले जानकारी दिनुभयो ।

विरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतकको कोरना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि  कोरना संक्रमित  हुन सक्ने आशंकामा  उनको पिसिआर टेष्ट गर्न  स्वाप परीक्षणको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

इलाका प्रहरी कार्यालय चैनपुर, चैनपुर नगरपालिका र प्राथमिक स्वास्थ्यकेन्द्र  चैनपुरको आकस्मिक बैठक वसी मृतकको पिसिआर परीक्षण नतिजा नआएसम्मका लागि विज्ञप्ती जारी गदै स्वास्थ्य केन्द्र सिल गरिएको मेडिकल अधिकृत बेकोजुले वताउनुभयो । हस्पीटल चोक, स्वास्थ्यकेन्द्र आसपास, वना विहिवारे जाने सडक आसपास सम्म सील गएिको छ ।

मंसिर महिनामा उलावारीबाट चैनपुर आइपुगेका उनले चैनपुरको विभिन्न होटलमा समेत काम गर्दै आएका थिए । लकडाउन पछि आफ्नो मामाघर मा वस्दै आएको चैनपुर नगरपालिका २ का  वडाध्यक्ष गणेश न्यौपानेले वताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.