Websoft University

आमाको हत्यापछि बेलबारीका लिम्बूद्वारा आत्महत्या


मोरङको बेलबारीमा आमाको हत्यापछि छोराले पनि घाँटीमा चक्‍कुले रेटेर आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका –४ काकुम बुधबारेमा बिहीबार बिहान ६१ वर्षीय आमा देवीकुमारी लिम्बूको हत्या गरेर छोरा ३१ वर्षीय जीवन लिम्बूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

टाउकोमा चोट रहेको र भुइँमा रगत लतपतिएको अवस्थामा देवीकुमारीको शव आफ्नै घर भित्र भेटिएको प्रहरील जनाएको छ । घटनास्थलमा रगत लागेको एउटा इँटा पनि भेटिएको छ ।

चुल्होमा प्रयोग गरेको इँटाले हानेर आमाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । आमाको हत्यापछि जीवनले पनि आफ्नै घाँटीमा चक्‍कुले रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चक्‍कुले काटेर घाँटीको अगाडिको भागमा गहिरो चोट लागेर घाइते भएको अवस्थामा जीवनलाई प्रहरीले घरमै भेटेको थियो । गम्भीर अवस्थामा भेटिएका उनको उपचारका क्रममा बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.