Websoft University

पोखराको सेतीमा २ दिनमा २ शव भेटिए, किन खस्छन् बारम्बार मान्छे सेतीमा ? (भिडियो)


पोखरा । करिब डेढ महिना अघि माछा मार्न गएका अमृत थापा सेतीमा बेपत्ता भएका थिए तर उनको शव नदिमै तैरिरहेको अवस्थामा फेला पर्यो । अमृतको शव फेलापरेको भोलिपल्टै फेरी हातखुट्टा धुने क्रममा चिप्लीदा एक जनाको मृत्यु भएको छ । बिहान ११ बजे पोखरा महानगरपालिका–१ गाइघाट स्थित सेती नदीमा किनारमा हातखुट्टा धुने क्रममा चिप्लीदा एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएकोछ । नदीमा किनारमा हातखुट्टा धुन गएका स्थानीय शान्तिचोकका ६५ बर्षीय मान बहादुर परियारको चिप्लिएर नदीले बगाउदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए । नदीले बगाएको थाहा पाएपछि  उनको उद्धार गर्ने क्रममा  नदी खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पोखराको सेती नदिमा २ दिनमा २ शव फेला परेका छन् । कसरी सेतीमा खसेकाहरुको शब निकालिन्छ हेनुहोस् पुरा भिडियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.