Websoft University

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासद्वारा विशेष डिजिटल संवाद आयोजना


काठमाडौं, बैशाख २१ गते । रातो तारा डट कम, विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आज विशेष डिजिटल संवाद कार्यक्रम आयोजना गरेको छ ।



कार्यक्रका प्रमुख अतिथि एंव राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी बार्षिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघले प्रकाशन गरेको दक्षिण एसिया प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गर्नुभयो । 


कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कार्यकारिणीका नजरमा सञ्चारमाध्यमलाई बाधकका रुपमा हेर्ने गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “पत्रकारको मुख थुन्न सकिएला, आँखामा पट्टिबाध्न सकिएला तर मस्तिस्कलाई थुन्न  सकिदैन,” शर्माले भन्नुभयो । 

उहाँले पत्रकारको पेशागत सुरक्षामा सुधार हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताउनुभयो । उहाँले लोकतन्त्रप्रति प्रतिप्रतिवद्ध सरकार प्रेससंग सहिष्णु हुननसकेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई टेवा दिनुपर्नेमा सरकारको नियत त्यस्तो नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनाताको मौलिक हक जोडिएका मुद्दालाई मिडियामा स्थानदिनुपर्नेमा राजनीतिक मुद्दालाई बढि प्राथमिकता दिएको बताउनुभयो ।


महासंघका अध्यक्ष गोविन्द आचार्यले हाल नेपालको पत्रकारिता क्षेत्रमा नितिगत असुरक्षा बढ्दै गएको बताउनुभयो । उहाँले लोकतन्त्र पश्चात पनि प्रेस स्वतन्त्रताका लागि लड्नुपर्ने  विड्म्बना रहेको बताउनुभयो । उहाँले हाल महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अझ पत्रकारको पेशागत तथा भौतिक सुरक्षामा चुनौैति थपिएको पनि बताउनुभयो ।



नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले विश्व प्रेस स्वतन्त्रता दिवस पूर्वज तथा अग्रज पत्रकारको योगदालाई सम्झिने दिनका रुपमा रहेको बताउनुभयो । उहाँले पत्रकारको पेशागत चुनौति र सरकारी ज्यादती बढेको भन्दै त्यसको निराकरणमा महासंघ र सञ्चारकर्मी केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।



त्यस्तै महासंका पूर्व अध्यक्ष शिव गाँउलेले नेपाली पत्रकारिता क्षेत्रमा कानूनी बन्देज र प्रेसप्रतिको असहिष्णु गरी दुई खाले चुनौति थपिएको बताउनुभयो । त्यसका लागि सबै एकजुट भई लड्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारिता मार्फत भएका अभिव्यक्तिलाई सरकारले नस्वीकार्ने प्रवृत्ति बड्दै गएको बताउनुभयो । उहाँले पत्रकारितामा बहुलबादलाई स्थान दिँदै प्रेसलाई लाञ्छनाबाट मुक्त गर्नुपर्ने बताउनुभयो । महासंघका महासचिव रमेश विष्टले महासंघले सार्वजनिक गरको प्रतिवेदनले पत्रकारिता क्षेत्रको सुरक्षामा सन्तोषको अवस्था नदेखिएको बताउनुभयो । 


उहाँले कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र उदयपुरको भुल्केमा पत्रकारहरु साधारण मास्कको भरमा रिपोटिङ्ग गरिरहेको भन्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सरकारसंग माग गर्नुभयो । कार्यक्रमको सहजता महासंघका सचिव प्रकाश थापाले गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.