Websoft University

प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने


विराटनगर वैशाख २१ गते । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताउनु भएको छ । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले  आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने बताउनुभयो । 

बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै उहाँले आगामी आर्थिक वर्षको वजेटले स्वास्थ्य र शिक्षालाई बढी जोड दिने बताउनुभयो । विश्वभर फैलिएको कोरोना भाईरसले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखाएको उहाँले बताउनुभयो । 

शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्र्तक्रीया कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ यसअघिका बजेट ५१ प्रतिशत भौतिक पूर्वाधारमा हुने गरे पनि अव त्यसो हुँदैन ।’ आगामी वैशाख २५ गते सम्मको लकडाउन पछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने मन्त्री घिमिरेले बताउनुभयो । 

लकडाउनपछि शिक्षण संस्था सञ्चालनबारे विज्ञसँग परामर्श भईरहेको उहाँले बताउनुभयो । शिक्षण संस्था सामाजिक दुरी कायम गरि पठन पाठन गराउन सक्ने अवस्थाका नभएकाले कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भईरहेको मन्त्री घिमिरेले बताउनुभयो । 

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसईई परीक्षा सञ्चालनबारे पनि छलफल भईरहेको उहाँले बताउनुभयो । परीक्षा केन्द्रको दायरा बढाएर दुरी कायम गरि परीक्षा सञ्चालन गरिने मन्त्री घिमिरेले बताउनुभयो । 

प्रदेश १ का विद्यालयलाई प्रविधि मैत्री बनाईने उहाँले बताउनुभयो । प्रदेशका ग्रामिण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भईरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ इन्टरनेटको पहुँच नपुगेका स्थानमा पहुँच पु¥याउने प्रवन्ध गरिन्छ ।’

कोभिड अस्पताललाई  युवा संघद्धारा वुथ हस्तान्तरण 
विराटनगर, २१ वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेकपा निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ । 

कोराना भाईरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ नमूना संकलन वुथ हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मुकेश बुढाथोकीले जानकारी दिनुभयो । 

कोभिड अस्पतालमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई वुथ हस्तान्तरण गरिएको थियो । मन्त्रीद्धयले संयुक्त रुपमा बुथ ग्रहण गरि कोशी अस्पताल विराटनगरकी मेसु संगीता मिश्रालाई हस्तान्तरण गर्नुभएको थियो । 

युवा संघ मोरंगले इन्जिनियरको प्राविधिक सहयोगमा करिव ८५ हजार लागतमा बुथ निर्माण गरेको अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय युवा संघले अहिले सम्म तीन वटा वुथ निर्माण गरेको छ । 

यसअघि सुन्दरहरैचा नगरपालिका र बेलबारी नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.