Websoft University

कटारीको हरीत सामुदायिम्क बन क्षेत्रमा अबैध रुपमा सडक खन्दै,


श्याम राई- गाईघाट बैशाष २८ गते। रातो तारा डट कम, सामुदायिक वन क्षेत्रमा प्रबेष गर्न निषेध गरेको अबस्थामा उदयपुरको कटारी नगरपालिका ४ मरुवा स्थीत हरीत सामुदायिम्क बन क्षेत्रमा अबैध रुपमा सडक खन्दै गरेको एक्साभेटर नियन्त्रणमा लिईएको छ । 

लकडाउन को बेला नाली सफा गर्ने बहानामा बन भित्र सडक खन्दै गरेको ना १ क ५४७३ नम्बरको एक्साभेटर सनिबार राति नियन्त्रणमा लिईएको डिभिजन बन कार्यालय त्रिबेणीका प्रमुख बन अधिकृत उपेन्द्र प्रसाद पठेलले बताए । बन गस्तीमा रहेका सुरक्षाकर्मीको टोलि देख्न साथ गाडीका चालक भागेको ले जेसीबी भने नियन्त्रणमा लिएको उनले  बताए। 

बन ऐनमा काठ निकाल्न यस अघि कच्ची सडक निर्माण गरीएको थियो । गत बर्षको भिषण बर्षाले बिगी्रएको त्यही बाटो लाई पुन मर्मत संभार को लागी जेसिबि लगाएर बिगत एक साता देखी नै राती राती काम  हुदै गरेको बारे केहि खुलेको छैन ।( गाडि निर्माणमा लिएका छौ । कस्ले बाटो निर्माण गर्यौ भन्ने बारे अनुसन्धान गरीरहेको छौ ।) 

बन अधिकृत पटेल ले भने  उनले बाटो निर्माण को क्रममा एक दर्जन सखुवा को रुख ढल्ने अबस्थामा पुगेको बताए । समुहका अधक्ष्य बिष्णु राई दनुवार ले बन  क्षेत्रमा सिराहा को मिचैया मा रहेको सौर्य सिमेन्ट उधोग को लागी चुनढुङगा ढुवानी गर्ने सिद्धिचरण मल्टि प्रपोज कम्पनीले सडक खन्न लगाएको बताए । 

हामीले बन कार्यालयमा उजुरु दिएका थियौ । तर सडक खन्ने काम रोकीएको छैन । उनलु भने । बन कर्मचारीको मिलिमतो बाट अबैध रुपमा बाटो खन्ने काम भएको उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.