Websoft University

भूम्लिचोकका चेपाङ्ले राहत नपाएको गुनासो

  
काठमाण्डौ जेष्ठ २ गते । रातो तारा डट कम,गोरखाको गण्डकी गाउँपालिका–६ भूम्लिचोक स्थित चेपाङ वस्तीका स्थानीयले राहत नपाएको गुनासो गरेका छन् । लक डाउनका कारण काम नपाउँदा बिहान वेलूकीको छाक टार्न समेत समस्या भएको भन्दै उनीहरुले आफूलाइ स्थानीय तहले पनि नहेरको भन्दै चिन्ता व्यक्त गरेका छन् । 
अधिकांश स्थानीय ज्याला मजदुरी गरेर खाने भएपनि पालिकाले राहत नदिएको स्थानीय गुञ्ज बहादुर चेपाङले गुनासो गर्नुभयो । गाउँपालिका अध्यक्ष होम बहादुर रानाले भने विपन्न घरधुरीलाइ यसअघि नै पहिलो चरणको राहत वितरण भइसकेको बताउनुभएको छ ।
भूकम्पको बेला जस्तो सबैलाइ राहत दिने नभइ अति विपन्न घरधुरीले मात्र राहत पाउने उहाँले बताउनुभयो । गोरखाका स्थानीय तहले अति बिपन्न र आवश्यक परेकाहरुलाइ मात्रै राहत बितरण गरेको जनाएका छन् । रेडियो गोरखा, गोरखाले खबर पठाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.