Websoft University

हातहतियार र लागुऔषध सहित १ जना पक्राउ


सुनसरी, जेष्ठ ७ गते । रातो तारा डट कम, सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ बाट अबैध सानो हतियार तथा नियन्त्रित लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

भारतिय नम्बर प्लेटको गाडीमा हतियार तथा लागुऔषध ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १४ का ३६ बर्षीय कृष  भन्ने कृष्ण कुमार यादवलाई हतियार र लागुऔषध सहित पक्राउ गरेको हो । 

मंगलवार अपरान्ह साँढे ४ बजे BR 50 P 1241 नम्बरको भारतिय स्कारपिओ गाडीमा सवार रहेका यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ३ थान, Dialex Dc 100ML को २५ बोतल, Spasmoproxyvon plus ५७६ ट्यावलेट, Nitrosum १६० ट्यावलेट, Nitravet ७५ ट्यावलेट र १ थान मोवायल समेत बरामद गरेको छ । हतियार र लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.