Websoft University

सुन्दरहरैचामा कोभिड -१९ जोखिम पत्रकारिता समिती गठन


मोरङको सुन्दरहरैंचा नगरपालिकाका कृयाशिल पत्रकार समुहले कोभिड -१९ नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नगरलाई सहयोग गर्दै आइरहेको छ। सुन्दरहरैंचाका अग्रज पत्रकार  शिव भट्टराईको नेतृत्वमा १० सदस्यीय कोभिड -१९ जोखिम पत्रकारिता समिती समेत गठन गरेको छ।

सुन्दरहरैंचा नगरपालिका भित्र लकडाउनको समयमा जोखिम पत्रकारीता गर्दै आएका सोही ठाउँका कृयाशिल पत्रकारहरुले नगर भित्रको सुचना सप्रेशन गर्न तथा नगरको हरेक क्षेत्रमा सहयोग गर्न शिव भट्टराईको संयोजकत्वमा १० सदस्यीय गरि सुन्दरहरैंचा कोभिड - १९  जोखिम पत्रकारिता समिती गठन गरेको छ।

स्थानिय तथा राष्ट्रिय स्तरका विभिन्न रेडियो, टेलिभिजन, अनलाइन तथा पृन्ट मिडियामा काम गरेका कृयाशिल पत्रकारहरुको समुहले गठन गरेको हो। सदस्यमा बाबुराम निरौला, खेमचन्द्र अधिकारी, मनिराम दहाल, ज्ञाननाथ ढकाल, कृष्णचन्द सुबेदी, राज पोख्रेल, एलएन गच्छदार, राजकुमार राउत, केपि घिमिरे रहेका छन्।

सहयोगी भुमिकाको रुपमा निर्वाह गर्न संचार गृहले स्थानीय तहलाई महत्व पुर्ण निर्वाह गर्ने छ, कोभिड १९ जोखिम पत्राकारिता समितीका सदस्य तथा रेडियो सुसेलीका प्रबन्धक निर्देशक बाबुराम निरौलाले बताउनु भयो।

स्थानिय देखि राष्ट्रिय स्तरका मिडियामा आबद्ध भएर काम गर्दै आउनुभएका पत्रकार  मणिराम दहालले यो समूह निकै अगाडि नै गठन हुनु पर्ने भन्दै यसले सुन्दरहरैंचालाई  सहयोग पुग्ने बताउनु भयो।

यहाँका कृयाशिल पत्रकारहरुले जोखिम मोलेर भएपनी राहत बितरण कार्यक्रम होस या क्वारेन्टाइन पुर्याउने देखि लिएर कृषक  समस्या तथा स्वस्थ्यका क्षेत्रमा लगायतका हरेक समस्याका बिच यो विषम परिस्थितिमा जोखिम मोलेर पत्रकारिता  गर्दै सचेत र सजग समेत गराएको सो समितिका संयोजक शिव भट्टराईले बताउनु भयो।

यस समितीले अगामि दिनमा सुन्दरहरैंचाका हरेक क्षेत्रमा  समस्याहरु र चुनौतिमा सचेत र सजग गराउन महत्वपुर्ण भुमिका निर्वाह गरोस्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.