Websoft University

लेटाङमा बजार अनुगमन, दीर्घायु फार्मेसीमा म्याद सकिएको औषधि फेला


शिव भट्टराई,मोरङ बैशाख १९ गते । रातो तारा डट कम, मोरङको लेटाङमा बजार अनुगमन गरिएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा वाणिज्य कार्यालय विराटनगर, औषधी व्यवस्था कार्यालय, पब्लिक फोरम, लेटाङ नगरपालिका र सञ्चारकर्मी लगायतको टोलीले बजार अनुगमन गरेको हो । 

 
मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिएको घरेलु कार्यालय विराटनगर संयोजकत्वमा रहेको टोलीले मोरङको लेटाङमा फार्मेसी र किराना पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा म्याद गुज्रिएको औषधि विक्रिका लागि राखिएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत गोकुल केसीले लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा म्याद सकिएको औषधि भेटिएपछि औषधि जफत गरि कारवाही अघि बढाइएको जानकारी दिनुभयो ।

औषधि व्यवस्था कार्यालय विराटनगरका फार्मेसी सुपरभाइजर खेमलक्ष्मी निरौलाले दीर्घायु फार्मेसीमा जनवरीमै म्याद सकिएको औषधि विक्रिका लागि राखिएको तथा म्याद सकिन लागिएको औषधि समेत निकै मात्रामा पाइएको बताउनुभयो । यस्तै अनुगमनको समयमा व्यवसायी समेत उपस्थित नरहेकाले औषधि व्यवस्था ऐन अनुसार आवश्यक कारवाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले म्याद सकिएको औषधि जफत गरिएको र म्याद सकिन लागिएको औषधि कम्पनीमा फिर्ता गरि १० दिन भित्र औषधि व्यवस्था कार्यालयमा बोलाइएको जानकारी दिनुभयो । सहज अवस्थामा भए तत्काल पसल शिल गर्नुपर्नेसम्मको अवस्था भएपनि लकडाउनको समय भएकाले त्यसो नगरिएको उहाँको भनाइ छ । 

यता लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले अनुगमनका क्रममा औषधि पसलमा कैफियत भेटिनु दुःखद् भएको बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले पनि अझ कडाइका साथ अनुगमनलाई तिव्रता दिन आवश्यक देखिएको बताउनुभयो । वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बजार अनुगमनको कार्यमा स्थानीय तहहरु अझ बढी सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

खासगरि लकडाउन पछिको अवस्थामा अझ बढी म्याद गुज्रिएका सामानहरु भेटिने भन्दै उहाँले यसतर्फ स्थानीय सरकारले निगरानी बढाउनु पर्ने बताउनुभयो । उहाँले उपभोक्त संरक्षण ऐन अनुसार ३ लाखसम्म जरिवाना र कैदसम्मको सजाय हुनसक्ने भन्दै सबै व्यपारीहरुलाई यसतर्फ सचेत हुन अग्रह समेत गर्नुभयो । 

यसैबीच अनुगमन टोलीले लेटाङ बजारमै रहेको उपभोक्त भण्डार नामको खाद्यान्न पसलको समेत अनुगमन गरेको छ । सो पसलको अवस्था भने सन्तोषजनक नै रहेको पाइएको छ । सो पसलमा चेकजाँच गर्दा सबै सामान उपभोग्य मिति उल्लेख भएको र उपभोग्य मिति बाँकी नै रहेको पाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.