Websoft University

५७ जनामा कोरोना संक्रमण भएको आज पुष्टि भयो


काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम,नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । थपिएका सङ्क्रमित सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ९१ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.