Websoft University

सामाजिक विकास मन्त्रालयद्धारा उदयपुरमा आयुर्वेदिक औषधि हस्तान्तरण


विराटनगर वैशाख ३० गते । रातो तारा डट कम, प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. सरोजप्रसाद विशाल र नेपाल होमियोप्याथिक एशोसियनका अध्यक्ष डा. घनश्याम सुवेदीले उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीलाई सो आयुर्वेदिक औषधि हस्तान्तरण गर्नुभएको हो ।

 उदयपुर उच्च जोखिममा रहेको जिल्ला भएकाले पहिलो चरणमा भुल्कमा औषधि लगिएको डा. विशालले बताउनुभयो । प्रत्येक दिन विहान खालीपेटमा तीन दिनसम्म आयुर्वेदिक औषधि खानु पर्ने अखिल नेपाल होमियोप्याथिक एशोसियनका केन्द्रिय अध्यक्ष डा. घनश्याम सुवेदीले बताउनुभयो । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम संवन्धिको मापदण्ड अनुसारको औषधि त्रियुगा नगरपालिका ३ भुल्केका बासिन्दाका लागि हस्तान्तरण गरिएको हो ।

 आयातित औषधि खपत गरेर नेपालमा कोरोना जित्न संभव नभएकाले स्थानीय श्रोत साधानलाई परिचालन गरेर रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि प्रयोग गर्ने प्रोटोकल तयार गरिएको डा. विशालले बताउनुभयो । आयुर्वेदिक औषधि स्थानीयवासीलाई वितरण गर्नुअघि औषधिको बारेमा जानकारी गराईएको थियो ।

सो कार्यक्रममा प्रदेश सासद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले औषधिको गुणस्तरीयता र उपयोगिताको बारेमा जानकारी लिनु भएको थियो । टोलीले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जना र भुल्केका सबैलाई तीन दिन सम्म पुग्ने औषधि उपलब्ध गराइएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.