Websoft University

नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल आईतबार विहान कटारी अस्पतालको आईसोलेशनमा भर्ना



श्याम राई÷उदयपुर-गाईघाट जेष्ठ ४ गते । रातो तारा डट कम,नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल आईतबार विहान कटारी अस्पतालको आईसोलेशनमा भर्ना भएकाछन् ।

कोरोना संक्रमीत संचारकर्मीसँग सम्पर्कमा रहेका अध्यक्ष कटुवाल आफै अस्पतालको आइसोलेशनमा गएका हुन् । उनीहरु दुबै जना एउटै घरमा भाडामा बस्थे र भान्सा समेत एउटै प्रयोग गरेका थिए । निकै घुलमिल मात्र होईन नजिकै भएर बसेका थियौ । अध्यक्ष कटुवालले भने ।‘ त्यसैले उनी संक्रमीत भएको पुष्टी भएपछि म आफै आईसोलेशनमा भर्ना भए ।’ उनले भने । 

कटारी नगरपालिका–२ गुरास अस्पतालको आईसोलेशनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी इसराईल राईले बताए । अध्यक्ष कटुवाललाई आईसोलशनमा चिकित्सकको प्रत्यक्ष निगरानी रहने व्यवस्था मिलाईएको उनले बताए ।
शुक्रबार संक्रमीत पुष्टी भएका पत्रकारसँग सम्पर्कमा रहेका दुई मध्ये एक जिल्ला अस्पताल उदयपुरको आईसोलेशन र अर्को क्वारेन्टाइनमा राखिएको छ ।

त्यसैगरि संक्रमीत पत्रकारसँग जिल्ला समन्वय समिति उदयपुरका संयोजक खड्ग परियार, अधिकारकर्मी र दर्जन पत्रकार सम्पर्कमा रहेको खुलेको छ । उनीहरुको ट्रेसिङ्ग गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी विर वहादुर बुढा मगरले बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.